Saturday, September 17, 2011

mero rachana

अरुलाई दु:ख पर्दा दुख्ने मनै राम्रो
मलाइ देख्ने हजुरको आँखा झनै राम्रो

रिसाउँदा माया गरी फकाउनु हुन्छ
मुटुभरी खुशीकै फूल जगाउनु हुन्छ
बोली मिठो बानी निको आफ्नोपनै राम्रो
मलाइ देख्ने हजुरको आँखा झनै राम्रो

जब खुल्छ आकाशमा रंगीचंगी तारा
कल्पी बस्छु एकान्तमा बिर्सिएर सारा
रुपै राम्रो जून जस्तै अनि तनै राम्रो
मलाइ देख्ने हजुरको आँखा झनै राम्रो

अरुलाई दु:ख पर्दा दुख्ने मनै राम्रो
मलाइ देख्ने हजुरको आँखा झनै राम्रो

No comments:

Post a Comment